एमाले स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित

सफल खबर संवाददाता

विहीबार, २० जेठ २०७८, १४ : २१
एमाले स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित

file-photo

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।पार्टी एकताका लागि माधव नेपाल पक्षका दोस्रो तहका नेताहरूसँग वार्ता चलिरहेका बेला बुधवारको बैठक बिहीबारसम्मलाई स्थगित भएको थियो ।

आजै माधव नेपाल पक्षले केन्द्रीय कमिटी बैठक राखेपछि अबको परिस्थिति हेरेर बैठक बस्नेगरि अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको हो । बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको कार्यालय सचिव शेरवहादुर तामाङले पुष्टि गरे ।

प्रतिक्रिया दिनुहोस