सरकारको निर्णयसँगै  हौंसिदै क्रसरका डनहरु

विहीबार, २० जेठ २०७८, ०८ : ०४
सरकारको निर्णयसँगै  हौंसिदै क्रसरका डनहरु

सिरहा । २०७५ चैत १२ गते घरेलु तथा साना उद्योग कार्यालय धनुषाले गणेशमान चारनाथ नगरपालिका–८ स्थित राष्ट्रिय प्राथमिक विद्यालय चितहा, लवटोलीको पूर्वपट्टि संकटमोचन क्रसर उद्योग सञ्चालन गर्न अनुमति दियो।नागेन्द्र साह र मञ्जुकुमारी साह सञ्चालक रहेको यस उद्योगको पश्चिमपट्टि विद्यालय र घना बस्ती छन्। क्रसर मेसिन चलेका बेला उद्योगको धुलोले बस्ती र विद्यालय परिसर कुइरीमण्डल हुन्छ।आवाजले बस्ती अनिँदो रहन बाध्य छ।

क्रसरको आवाजले पठनपाठनमा असर गरेपछि विद्यालयले घरेलुलाई पत्राचार गरेर निकास दिन भन्यो तर घरेलुले वास्तै गरेन। गाउँबस्ती र विद्यालयसँगैको सो क्षेत्रमा क्रसर उद्योग सञ्चालन नगर्न स्थानीय तथा विद्यालय पक्षले निरन्तर घरेलुलाई गुहारिरहे। गाउँका अगुवा घरेलुको कार्यालयमा पुगेर असहमतिसहित निवेदनसमेत दर्ता गराए। तर घरेलुले सो क्रसर उद्योगलाई छोएन।उद्योगसँग टाँसिएको पूर्वतर्फको ४ ९ग० को ६ नम्बर कित्ताका जग्गाधनी रामलोचन महतो हुन्।‘चारकिल्ला प्रमाणित गर्दा बुबा ९रामलोचन० को किर्ते हस्ताक्षर गरेर प्रमाण पेस गरिएको रहेछ,’ रामलोचनका छोरा भगतले भने ।

घरेलु तथा साना उद्योग कार्यालय धनुषाका तत्कालीन प्रमुख सञ्जीव द्विवेदीले सो उद्योगलाई कानुनी प्रावधान पूरा गरेर अनुमति दिइएको दाबी गर्दै स्थानीयको गुहार सुनेनन्। दर्ता अनुमति प्रदान गर्ने घरेलु, नियमन गर्ने प्रमुख जिल्ला अधिकारी कसैले गुहार नसुनेपछि स्थानीयले न्यायको ढोका ढकढकाउने सोच बनाए।

कानुन मिचेर सो क्रसर उद्योगलाई दर्ता अनुमति दिएको भन्दै स्थानीय भगत महतोले घरेलु तथा साना उद्योग कार्यालय धनुषासमेत गणेशमान चारनाथ नगरपालिका, संकटमोचन क्रसर उद्योग र सञ्चालक नागेन्द्र साहलाई विपक्षी बनाएर उच्च अदालत जनकपुरमा रिट हाले। ०७६ माघ २४ गते उच्च अदालत जनकपुरले विपक्षीको नाममा उत्प्रेषण मिश्रित परमाादेश जारी गर्दै क्रसर उद्योगलाई तीन महिनाभित्र स्थानान्तरण गर्न–गराउन भन्यो। न्यायाधीश पुष्पराज कोइराला र रमेश ढकालको संयुक्त इजलासले विपक्षीको नाममा परमादेश जारी गरेको हो। अदालतको आदेशबाट यस ठाउँमा अवैध क्रसर स्थापना भएको प्रस्टिएको निवेदक भगत महतोले बताए।यसमा नगरपालिका तथा घरेलुको सेटिङ रहेको उनको भनाइ छ।

अदालतले परमादेश जारी गरेपछि ०७७ मंसिर २१ गते घरेलु तथा साना उद्योग कार्यालय धनुषाले संकटमोचन क्रसर उद्योगलाई पत्राचार गरी ९चनं२ ३३९० उच्च अदालत जनकपुरबाट भएको परमादेशबमोजिम नियमानुसार क्रसर स्थानान्तरण गर्न भन्यो। उद्योग अधिकृत देवेन्द्रकुमार झाको हस्ताक्षरमा क्रसर उद्योगलाई काटिएको पत्रमा भनिएको छ– अटेर गरेमा नियमानुसार कारबाही भई जाने व्यहोरासमेत यसै पत्रबाट जानकारी गराइन्छ । नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस