हेटौंडामा थप २ जना कोरोना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

बुधबार, १९ जेठ २०७८, १४ : ३१
हेटौंडामा थप २ जना कोरोना संक्रमितको मृत्यु

हेटौंडा ।  हेटौंडा अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचाररत २ जना संक्रमित महिलाको मृत्यु भएको हो । 

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६ हटियाकी ६८ वर्षकी महिलाको मंगलबार दिउँसो करिब १ बजे र हेटौंडा–२ की ५२ वर्षकी महिलाको बुधबार बिहान ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । हेटौंडा अस्पतालमा हालसम्म कोरोनाबाट उपचाररत ६६ जनाको मृत्यु भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस