प्रतिबन्धित औषधी विक्री गरेको आरोपमा मेडिकल सञ्चालकसहित दुई जना पक्राउ

सफल खबर संवाददाता

बुधबार, १९ जेठ २०७८, १२ : ५७
प्रतिबन्धित औषधी विक्री गरेको आरोपमा मेडिकल सञ्चालकसहित दुई जना पक्राउ

चितवन। प्रतिबन्धित औषधी बिक्री गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले मेडिकल संचालक सहित २ जनालाई पक्राउ गरेको छ। उनीहरुलाई प्रहरीले भरतपुर महानगरपालिका २ पोखरा बसपार्कबाट सोमबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा साविक देवघाट गाविस ९ घर भै हाल भरतपुर महानगरपालिका ९ बस्ने २९ वर्षका अभिषेक थापा र भरतपुर महानगरपालिका २ बस्ने १८ वर्षीय आशिष तिवारी रहेको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका थापाले भरतपुर महानगरपालिका २ पोखरा बसपार्कमा सत्य भगवती मेडिकल हल संचालन गरेका थिए। उनले सोही मेडिहल हलबाट प्रतित्रन्धित औषधी बिक्री गरिरहेको अवस्थामा रंगेहात पक्राउ गरेको हो।

पक्राउ परेकाहरुबाट प्रहरीले ट्रामा ६८० ट्याब, अनारगन १०१० ट्याब, टरफिन ८१ ट्याब गरी १,७७१ ट्याब बरामद गरेको छ। उनीहरुलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि औषधी व्यवस्था विभाग शाखा बिरगंजमा बुझाएको प्रहरीले जानकारी दिएको छ।

 

 


 

प्रतिक्रिया दिनुहोस