राष्ट्रिय युवा सङ्घको अध्यक्षमा पौडेल

रासस

सोमबार, १७ जेठ २०७८, १८ : ३८
राष्ट्रिय युवा सङ्घको अध्यक्षमा पौडेल

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घको अध्यक्षमा किरण पौडेल चयन भएका छन्। सङ्घको आज भर्चुअल रुपमा भएको सचिवालय  बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको महासचिव रमेश आचार्यले जानकारी  दिए ।  

सङ्घका अध्यक्ष बचनवहादुर सिंह उमेरहदका कारण स्वतः पदमुक्त भएपछि सहअध्यक्ष पौडेललाई अध्यक्षमा चयन गरिएको हो  । युवा सङ्घमा ४० वर्ष उमेरहद तोकिएको छ । 

महासचिव आचार्यले आजको बैठकले अध्यक्षमात्र चयन गरेको र केन्द्रीय कमिटी यथावत रहेको बताए । सङ्घमा एक हजार दुई सयको केन्द्रीय कमिटी रहेको छ । 

नवनिर्वाचित अध्यक्ष पौडेलले सङ्घलाई कोरोना भाइरस महामारी नियन्त्रणका रुपमा परिचालन गर्ने बताए । उनी परिस्थिति अनुकुल हुने वित्तिकै महाधिवेशन गर्ने समेत बताए। 

प्रतिक्रिया दिनुहोस