६६ जिल्लाका आधारभूत विद्यालयमा इन्टरनेट जडान गरिने

रासस

सोमबार, १७ जेठ २०७८, १८ : ३५
६६ जिल्लाका आधारभूत विद्यालयमा इन्टरनेट जडान गरिने

काठमाडौं । सरकारले ६६ जिल्लाका आधारभूत विद्यालयमा ‘ब्रोण्डब्याण्ड इन्टरनेट’ पु¥याउने भएको छ । ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ती विद्यालयमा इन्टरनेट सेवा जडान तथा सञ्चालनको तयारी थालिएको छ । 

नेपाल दूरसञ्चार प्राधिकरणले आज एक सूचना जारी गर्दै ती जिल्लाका स्थानीय तहलाई समझदारी पत्रमा हस्ताक्षर गर्न आग्रह गरेको छ  सूचना अनुसार विनासकारी गोरखा भूकम्पबाट अति प्रभावित काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुगां र काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर  बाहेकका  जिल्लाका सबै आधारभूत विद्यालयमा इन्टरनेट जडान हुने जनाइएको छ । सूचनामा  १५ दिनभित्र समझदारी पत्रमा हस्ताक्षर गर्न भनिएको   छ ।
 

प्रतिक्रिया दिनुहोस