प्रदेश नम्बर २ को बजेट अधिवेशन जेठ २४ गते हुने

रासस

सोमबार, १७ जेठ २०७८, १२ : ११
प्रदेश नम्बर २ को बजेट अधिवेशन जेठ २४ गते हुने

जनकपुर । प्रदेश नम्बर २ को सरकारले बजेट अधिवेशन आह्वान गर्न सिफारिश गरेको छ ।सोमबार बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको बैठकले चालु अधिवेशन अन्त्य गरि जेठ २४ गते बजेट अधिवेशन आह्वानका लागि सिफारिश गरेको जनाइएको छ । 
बजेट अधिवेशन आह्वानका लागि  प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए ।

प्रदेश प्रमुखले बजेट अधिवेशनका लागि सिफारिश पश्चात् प्रदेश सभा मार्फत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेट प्रस्तुत गरिनेछ ।

 

प्रतिक्रिया दिनुहोस