गण्डकी प्रदेशमा थप ५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, १६ जेठ २०७८, १८ : १६
गण्डकी प्रदेशमा थप ५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु

कास्की । गण्डकी प्रदेशमा थप ५ सय ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशमा मनाङ र मुस्ताङ बाहेका ९ जिल्लामा गरिएको नमूना परिक्षणमा ५ सय ४० जनामा कारोना संक्रमण देखिएको हो ।

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार ६ सय ६३ जनामा गरिएको नमुना परीक्षण ३०० पुरुष र २४० जना महिलामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।

उनका अनुसार कास्कीमा ७४, म्याग्दी १५, स्याङ्जा ७, बाग्लुङ ११५, पर्वत ३४, तनहुँ १७, गोरखा १०४, लमजुङ ८९ र नवलपुरमा ८५ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४१ हजार ६४२  पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ८५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ३० हजार २३२ पुगेको छ ।

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। प्रदेशमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६६१ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस