बागलुङ । भौगोलिकरूपमा जिल्लाको सबैभन्दा दुर्गम ठाउँ मानिँदै आएको सायल गाउँपालिका–१ छपालीमा पहिलोपटक नेपाल प्रहरीको अस्थायी प्रहरी चौकी स्थापना भएको छ । अस्थायी प्रहरी चौकी स्थापना भएपछि गाउँमा शान्ति सुरक्षा कायम हुने भन्दै त्यहाँका नागरिक निकै खुशी भएका छन् ।
गाउँमा प्रहरी चौकी नभएका कारण उक्त गाउँमा विभिन्न घटना घट्ने तथा शान्ति सुरक्षाका लागि निकै समस्या भएको जानकारी पाएपछि अहिले नेपाल प्रहरीको अस्थायी प्रहरी चौकी स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताए ।उनले भने , “छपाली अलि विकट क्षेत्रमा रहेछ, प्रहरीको उपस्थिति नभएका कारण नागरिकलाई शान्ति सुरक्षा महसुस गर्न समस्या भएको खबर आएपछि अहिले प्रहरी चौकी स्थापना गरेका छौँ, अब शान्ति सुरक्षा कायम हुनेछ ।”
भौगोलिक हिसाबले जिल्ला सदरमुकाम सिलगढीबाट निकै टाढा रहेको बझाङ र बैतडीको सिमानामा पर्ने छपालीमा लामो प्रयासपछि अस्थायी प्रहरी चौकी स्थापना गरिएको सायल गाउँपालिका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए। उनले भने , “छपाली वडा निकै टाढा छ, गाउँमा प्रहरी चौकी नहुँदा नागरिकलाई समस्या थियो, प्रहरी प्रशासन र हामीले गरेको लामो प्रयासपछि बल्ल अस्थायी प्रहरी चौकी स्थापना गर्न सफल भएका छौँ, सबै खुशी भएका छन् ।”
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १६ जेठ २०७८, ११ : ०७
लेखकबाट थप