काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार बजेट भाषण प्रस्तुत गर्दै ताप्लेजुङको सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी रहेको जानकारी दिए ।
विमानस्थलको नाम परिवर्तनपछि नेकपा एमालेका नेता योगेश भट्टराईले सकुटार विमानस्थलको नाम परिवर्तन गर्नुअगाडि व्यापक छलफल गरी सहमति निर्माण गर्न सुझाव दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा नाम परिवर्तन गर्दा विवाद, विभाजन र अनावश्यक तनावमात्रै झेल्नुपर्ने उल्लेख गरे ।
फेसबुकमा उनले लेखेका छन्, ‘ताप्लेजुङ् सुकेटार बिमानस्थलका बारेमा, ऐतिहासिक रुपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्यता, सान्दर्भिकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधिसहित नागरिक स्तरमा व्यापक छलफल र विमर्श गरी सहमति निर्माण गर्नुपर्दछ,’ उनले भनेका छन्, ‘यसरीमात्र सहभागितामुलक लोकतन्त्र बलियो हुनसक्छ। असल काम पनि असल नियत र सहि प्रकृयाबाट गरियो भनेमात्र सहि परिणाममा पुग्न सकिन्छ। अन्यथा विवाद, विभाजन र अनावश्यक तनावमात्र झेल्नु पर्दछ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ जेठ २०७८, १० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीले गर्नुभएको आह्वान स्वागतयोग्य र समय सान्दर्भिक छ : योगेश भट्टराई
राजनीतिलाई रोक्न खोजे वितण्डा निम्तिन सक्छ : योगेश भट्टराई
ओलीकै नेतृत्वमा महाधिवेशन र पूर्व घोषणा गरेर पद छाड्ने योगेश भट्टराईको प्रस्ताव (पूर्णपाठ)
योगेश भट्टराईले गरे रातो पासपोर्ट फिर्ता
गल्ती र कमजोरीबाट सिकेर पार्टी पुनर्गठन गर्नेछौँ: योगेश भट्टराई
अब नयाँ ढंगले पार्टी अघि बढाउने संकल्प गरेका छौँ’: योगेश भट्टराई