काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार बजेट भाषण प्रस्तुत गर्दै ताप्लेजुङको सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी रहेको जानकारी दिए ।
विमानस्थलको नाम परिवर्तनपछि नेकपा एमालेका नेता योगेश भट्टराईले सकुटार विमानस्थलको नाम परिवर्तन गर्नुअगाडि व्यापक छलफल गरी सहमति निर्माण गर्न सुझाव दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा नाम परिवर्तन गर्दा विवाद, विभाजन र अनावश्यक तनावमात्रै झेल्नुपर्ने उल्लेख गरे ।
फेसबुकमा उनले लेखेका छन्, ‘ताप्लेजुङ् सुकेटार बिमानस्थलका बारेमा, ऐतिहासिक रुपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्यता, सान्दर्भिकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधिसहित नागरिक स्तरमा व्यापक छलफल र विमर्श गरी सहमति निर्माण गर्नुपर्दछ,’ उनले भनेका छन्, ‘यसरीमात्र सहभागितामुलक लोकतन्त्र बलियो हुनसक्छ। असल काम पनि असल नियत र सहि प्रकृयाबाट गरियो भनेमात्र सहि परिणाममा पुग्न सकिन्छ। अन्यथा विवाद, विभाजन र अनावश्यक तनावमात्र झेल्नु पर्दछ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ जेठ २०७८, १० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘पार्टीभित्रको संघर्षमा प्रतिस्पर्धी हौँ तर अन्य दलहरूसँग एमाले एक छ’ : योगेश भट्टराई
‘निर्वाचनमा उम्मेदवार बन्ने मन्त्रीहरूले तत्काल राजीनामा दिनुपर्छ’: योगेश भट्टराई
हामीले उठाएका मुद्दा निकट भविष्यमै अनुमोदन हुनेछन् : योगेश भट्टराई
‘राजनीतिमा बाह्य चुनौती बढिरहेको छ’: योगेश भट्टराई
म अन्तिम मतदाता ! : योगेश भट्टराई
हाम्रो उम्मेदवारी व्यक्तिगत हुन्छ, प्यानल बनाउँदैनौँ’ : योगेश भट्टराई