अमेरिका । अमेरिकाले रुसलाई सन् १९९२ मा भएको ओपन स्काइज सन्धीमा अब सामेल नहुने बताएको छ ।
यो सैन्य सन्धीमा आबद्ध मुलुकको सेनाले एकअर्काको मुलुकमा विभिन्न गतिविधिको लागि हवाई उडानको अनुमति पाउँछन् ।
अमेरिकी विदेशमन्त्रालयले ओपन स्काइज सन्धी रुसले निरन्तर उल्लंघन गर्दै आएको र रुस यसमा प्रतिबद्ध नदेखिएको आरोप लगाएको छ ।
रुसले भने अमेरिकाले लगाएको आरोप अस्वीकार गर्दै रुस पनि सो सन्धीबाट यसै वर्ष बाहिरिन सक्ने बताएको छ । यो सम्झौतामा ३० भन्दा धेरै मुलुक छन् ।
उक्त सन्धी सन् २००२ देखि कार्यान्वयनमा आएको थियो ।
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सन्धीबाट बाहिरिने निर्णय गरेका थिए । त्यतिबेला राष्ट्रपतिको उम्मेदवार रहेका जो बाइडनले यो निर्णयलाई अदूरदर्शी निर्णय भएको बताएका थिए ।
आगामी जुन १६ मा अमेरिकी राष्ट्रपति जो बाइडन र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच भेटवार्ता हुनुभन्दा अघि अमेरिकाले यस्तो निर्णय गरेको हो ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १४ जेठ २०७८, १३ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य
अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण
भारतमा रहेका अमेरिकी राजदूत किन आउन लागे नेपाल ?
चीनलाई इरान–अमेरिका तनावले सकस: उत्पादन र निर्यातमा गम्भीर असर
अमेरिकी उच्च अधिकारी नेपाल आएलगत्तै भारतीय उच्च अधिकारीको पनि भ्रमण
आफ्ना विरोधीलाई साथ दिने व्यक्तिमाथि भिसा प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा