संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा शुरू भयो सुनुवाइ

सफल खबर संवाददाता

शुक्रबार, १४ जेठ २०७८, ११ : ५८
संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा शुरू भयो सुनुवाइ

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ शुरू भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वको संवैधानिक इजलासमा शुक्रवार पौने १२ बजे सुनुवाइ शुरू भएको हो । 

प्रधानन्यायाधीश जबराले आफ्नो नेतृत्वमा न्यायाधीशहरु दीपक कार्की, आनन्द मोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ सदस्य रहेको इजलास गठन गरेका थिए । 

संवैधानिक इजलासमा दर्ता भएका ११ तथा संविधानको धारा ७६ ९५० अनुसारको प्रधानमन्त्री नियुक्तीमा प्रक्रिया नपुगेको भन्दै परेका अन्य १९ रिटमाथि संवैधानिक इजलासमा बहस शुरु भएको हो । 

प्रतिनिधि सभा विघटनको विरोध र धारा ७६ ९५० अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेशको मागसहित विघटित प्रतिनिधि सभाका बहुमत सदस्यले सर्वोच्चमा रिट दायर गरेका थिए । 

२०७७ जेठ ७ गते मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । 
 

प्रतिक्रिया दिनुहोस