बजेट अधिवेशन गर्न माग

रासस

बुधबार, १२ जेठ २०७८, २१ : ३८
बजेट अधिवेशन गर्न माग

काठमाडौं । प्रदेश १ का विपक्षी दलले बजेट अधिवेशन गर्न माग गरेका छन्  ।  प्रदेश  संसद् सचिवालयमा  आज आयोजित संयुक्त पत्रकार सम्मेलनमा दलका नेताहरुले आगामी आर्थिक वर्ष २०७८ । ७९ को बजेट अध्यादेशबाट नभई संसद्बाटै ल्याउन माग गरेका हुन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले सरकारले पूर्वबजेट छलफल नै नगरी बजेट ल्याउने तयारी थालेको बताउँदै यही जेठ १६ गतेभित्र पूर्व छलफल गराउनुपर्नेमा जोड दिए ।

नेकपा(माओवादी केन्द्र) संसदीय दलका नेता तथा निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले नीति तथा कार्यक्रम नै छल्न अध्यादेशबाट बजेट ल्याउने ध्यानमा प्रदेश सरकार रहेको आरोप लगाए । 

नेपाली कांग्रेस दलका नेता कोइराला, माओवादी केन्द्र दलका नेता आङ्बो, जनता समाजवादी पार्टी नेपालका नेता जयराम यादव र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च दलका नेता विष्णु तुम्बाहाम्फेले संयुक्त विज्ञप्ति पनि प्रकाशन गरी प्रदेश  नीति तथा कार्यक्रम ल्याई संसद्बाटै बजेट ल्याउन जोड दिए । 

प्रतिक्रिया दिनुहोस