‘प्रचण्ड बिजय अभियान’मा नागरिक समाज र पेशकर्मीको साथ

शुक्रबार, १५ मंसिर २०७४, १२ : २३
‘प्रचण्ड बिजय अभियान’मा नागरिक समाज र पेशकर्मीको साथ

 

चितवन ।  चिवनमा सक्रिय ईन्जिनियर, डाक्टर, वलिक, प्रध्यापक सहितका पेशाकर्मि र नागरिक समाजका अगुवाहरुले ‘प्रचण्ड विजय अभियान’ मा साथ दिने भएका छन् ।

शुक्रवार भरतपुर–६ स्थित चोकबजारमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ‘नागरिक समाजसँग प्रचण्ड’ नामक अभियानको उद्घाटन गरेका छन् ।  

ईन्जिनीयर, डाक्टर, वकिल, प्रध्यापक सहितका पेशाकर्मिको माझ अभियानको उद्घाटन गर्दै माओवादी अध्यक्ष प्रचण्डले चितवनको विकासका लागी ठुलो धक्का दिन चाहेको बताए । उनले भने, ‘चितवन विकासको योजना सहित यहाँ आएको छु, माडी क्षेत्रमा नदि नियन्त्रण गुरुयोजना, बन्यजन्तुको आतंक रोक्नका लागी मेशजाली, माडी र बाँकी चितवन जोड्ने सुरुङमार्ग निर्माण गर्न प्रतिवद्ध छु ।’

कम्युनिष्टहरु मिल्ने भए भनेपछी देश भित्र र बाहिर पनी ठुलो तरंग यसअघी आफुले अनुभुत नै नगरेको उल्लेख गर्दै उनले भने, ‘निकै ठुलो तरंग पैदा भएको छ, इभन जनयुद्ध शुरु गर्दा पनी यत्ति ठुलो राजनितीक र बौद्धीक तरंग पैदा भएको थिएन् ।’

बाम गठन्धनको तरंगबाट बामपन्थी जनतमत उत्साहित भएको र विपक्षीहरु विक्षिप्त भएको उनले बताए । ‘विपक्षीहरुले एकातिर देश अधिानयकबादमा जाने भयो जनताले हाँस्न रुन पनी नपाउने भए भनेर प्रचार गरेका छन्’ उनले भने, ‘ अर्कोतिर तिनै साथिहरु यो एकता धेरै दिन टिक्दैन चुनावी रणनिती मात्र हो भनेर प्रचार गर्दैछन्, दोहोर प्रचारले के देखिन्छ भने साथिहरु अलि बढी नै बिक्षीप्त भएका छन् ।’

चितवनको विकास र संवृद्धिका लागी प्रचण्ड विजयी अनिवार्य हुनुपर्ने नारगारीक अवगुवाहरुले बताएका छन् । नागरिक समाजका अगुवा डा. भोजराज अधिकारीले मैले चाहेको नागरीकको सर्वसुलभ स्वास्थ्य, मैले चाहेको नागरीकको सर्वसुलभ स्वास्थ्यको पहुँच र शिक्षाको लागी प्रचण्डको बिजय अनिवार्य भएको बताउँदै आफ्नो दलगत राजनिती छोडेर योग्य र सक्षम उम्मेद्वारलाई मतदान गर्न आम नागरिकलाई अपिल गरे । उनले भने, ‘मैले चोहको सर्वसुलभ शिक्षा र स्वास्थ्यका लागी  प्रचण्डमात्र सक्षम र योग्य छन् ।’

त्यस्तै उद्योग परिसंघका उपाध्यक्ष तथा उद्यमी कृष्ण प्रसाद अधिकारीले चितवनको समग्र विकास र राष्टको राजनितीक निकासका लागी चितवनबासीले विशेष भुमिका भुमिका खेलनुपर्ने बताए । उनले चितवनको औधोगिक विकास मार्फत सम्पुर्ण समस्याको हल प्रचण्डको जिवयले मात्र हुने भन्दै दोस्रो पटक प्रधानमन्त्री हुँदा भरतपुरमा निर्माण भई हाल सञ्चालनमा आएको प्रदर्शनी केन्द्रको समुचित सञ्चालन र चितवनको शक्तिखोरमा निर्माणाधिन अन्तर्राष्टिय स्तरको औधोगिक ग्रामको यथोचित सञ्चालनका लागी पनी प्रचण्डको जित हुनैपर्ने बताए ।

बुद्धिजीवी रामकुमार तिवारीले चितवनको आर्थिका सामाजिक राजनितीक र भौतिक पुर्वाधारको विकासका लागी प्रचण्डसँग अरु कसैको तुलना गर्न नसकिनेब ताउँदै प्रचण्ड विजय अभियानमा लामबद्ध हुन आम चितवनबासीलाई आह्वान गरे ।

त्यस्तै ब्यवसायी मित्रराज दवाडीले चितवनको कृषिमा आधुनिकीकरण गरी ब्यवसायिक उत्पादन गर्दै खाद्यान्नमा आत्मनिर्भर बनाउने योजना प्रचण्डको विजयले मात्र संभव हुनेब ताए उनले भेन, ‘आउनुहोस्, हामी सवै संवृद्धि, विकास र शुसासनको पक्षमा सहभागीब बनौं ।’

प्रतिक्रिया दिनुहोस