प्रधानमन्त्री ओलीले बोलाए एमाले स्थायी कमिटिको आकश्मिक बैठक

सफल खबर संवाददाता

शनिबार, ०८ जेठ २०७८, ११ : १८
प्रधानमन्त्री ओलीले बोलाए एमाले स्थायी कमिटिको आकश्मिक बैठक

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटि बैठक बोलाएका छन् । ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार दिउँसो ४ बजे बस्ने गरि एमाले स्थायी कमिटिको बैठक बोलाएका हुन् ।

सो बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई कारवाहीको निर्णय हुन सक्ने जनाइएको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरि आउँदो कात्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि चुनावको घोषणा गरेकी छन् ।

नेपाल पक्षले यसको विरोध गरेको छ । सो पक्ष नेपाली कांग्रेससहितका विपक्षी दलसँग मिलेर विघटन विरुद्ध रणनीति बनाउने तयारीमा रहेका बेला ओलीले स्थायी कमिटि बैठक बोलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस