राष्ट्रपतिलाई महन्थ-राजेन्द्रको पत्र : देउवालाई सघाउने १२ सांसदलाई मान्यता नदिनू

सफल खबर संवाददाता

शुक्रबार, ०७ जेठ २०७८, २० : ५१
राष्ट्रपतिलाई महन्थ-राजेन्द्रको पत्र : देउवालाई सघाउने १२ सांसदलाई मान्यता नदिनू

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल महन्थ ठाकुर पक्षले काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १२ जनालाई मान्यता नदिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र पठाएको छ ।

जसपा नेपालका संसदीय दलका नेता राजेन्द्र महतोले लेखेको पत्रमा काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफ्नो दलबाट १२ जनाले गरेको हस्ताक्षरलाई पार्टीले कारवाहीको प्रकृया अगाडि बढाएको हुनाले सो हस्ताक्षरलाई मान्यता नदिन आग्रह गरेका छन्  ।

‘पार्टी विधानले अरु दलको उम्मेदवारलाई समर्थन गर्ने अधिकार सांसदलाई दिएको छैन।   तर केही सांसदले हस्ताक्षर गरेको सुनिएको छ। यसबारे हामीले छानबिन गरिरहेका छौं । छानबिन नहुँदासम्म कुनै प्रक्रिया अघि नबढाइयोस्’, ठाकुरले राष्ट्रपतिलाई पठाएको लिखित पत्रको आशय छ । 

प्रतिक्रिया दिनुहोस