कैलाली । महाकाली नदीमा पानीको सतह बढेको छ । २ दिन परेको लगातारको वर्षातले पानीको सतह बढेको हो ।महाकाली नदीमा पानीको सतह बढ्दा पुलमा काम गर्ने १० जना कामदार महाकालीको टापुमा फसेका छन् । उनीहरु नदिको बीच भागमा रहेको टापुमा फसेका हुन्।
पानीको सतह बढेपछि कामदारहरु टपुमै अलपत्र परेका थिए । जिल्ला प्रहरी कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर थापा क्षेत्री उनीहरुको उद्धारको लागि टोली परिचालन गरेको बताए ।
महाकालीको पानी गाउँ पस्दा भीमदत्त नगरपालिकाको वडा नं ११, १२ र १३ का नगरीकन समेत प्रभावित भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ जेठ २०७८, १४ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महाकाली नदीको कटानले बस्ती जोखिममा
महाकाली नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह