सैफ र ज्याकलिनको ‘भुत पुलिस’ ओटिटिमार्फत रिलिज

एजेन्सी

शुक्रबार, ०७ जेठ २०७८, ११ : ५३
सैफ र ज्याकलिनको ‘भुत पुलिस’ ओटिटिमार्फत रिलिज

मुम्बई । सैफ अलि खान, अर्जुन कपुर र ज्याकलिन फर्नाडीज अभिनित हरर कमेडी फिल्म ‘भुत पुलिस’ ओटिटि प्लेटफर्म मार्फत रिलिज हुने भएको छ । फिल्मका निर्माता रमेश तौरानीले फिल्मलाई चलचित्र घरमा रिलिज गर्ने बिचार परिवर्तन गरेका हुन् ।

‘एक तिर कोरानाको माहोल ठिक हुने केही ठेगान छैन, अर्को तिर दर्शकको बानी पनि चेन्ज भैसकेको छ’ तौरानीले भने ‘यस्तो माहोलामा ठुला-ठुला स्टारको फिल्मले मात्र चलचित्रको घरमा कमाउन सक्नेछ ।’ त्यसैले पनि आफुले फिल्म ओटिटिमिा रिलिज गर्ने निर्णय गरेको उनले खुलाए ।

फिल्म १० सेप्टेम्बरमा चलचित्र घरमा आउँने तरखरमा थियो । तर, अहिले यो फिल्म डिज्नी प्लस र हटस्टारबाट समेत देखाइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस