आजको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

शुक्रबार, ०७ जेठ २०७८, ०८ : ०१
आजको मौसम कस्तो रहला ?

काठमाडौं । हाल मौसममा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको  र भारतको उत्तरप्रदेश आसपासमा रहेको चक्रवात ताउ–ते थप कमजोर भई न्युनचापीय क्षेत्रका रुपमा रहेको जल तथा मौसम पूर्वानुमान महशाखाले जनाएको छ । 

महाशाखाले शुक्रबार देशभर आंशिकदेखि सामान्य  बदली रहने पूर्वानुमान गरेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, वाग्मती प्रदेश र प्रदेश न १ का केही स्थानहरु र लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश न २ का थोरै स्थानहरुमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । यस्तै सुदूरपश्चिम प्रदेश, वाग्मती प्रदेश, प्रदेश न २ र प्रदेश न १ का केही स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

यस्तै राति प्रदेश १ र प्रदेश २ लगायत देशका बाँकी पहाडी भूभागमा आंशिकदेखि सामान्य  बदली र अन्य भूभागमा सामान्यतय सफा रहनेछ । प्रदेश १ र प्रदेश २ लगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा कर्णाली प्रदेशका एक दुई स्थानमा मेघगर्जनहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशमाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस