माडीमा पहिलो मेयर कप फुटबल हुदै

बुधबार, २१ चैत्र २०७४, १७ : ५७
माडीमा पहिलो मेयर कप फुटबल हुदै

भरतपुर । माडीमा पहिलो मेयर कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।  माडी नगर खेलकुद विकास समिति र बसन्तपुर युनाइटेड क्लबको संयुक्त आयोजनामा हुने प्रतियोगिता बसन्तपुर खेल मैदान हुदैछ । नयाँ वर्षको अवसर पारेर सुरु हुन लागेको प्रतियोगिता यही चैत ३० गतेदेखि सुरु हुदैछ । प्रतियोगिताको माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिउसो १ बजे उद्घाटन गर्ने कार्यक्रम छ । प्रतियोगिताका खेल संयोजक नविन बस्यालले २४ वटा क्लबले सहभागिता जनाउने बताए । उद्घाटन खेलमा सहारा फुटबल क्लब ब्रहमपुर र डायनमिक युथ क्लब दिव्यनगरबीच खेल हुने जानकारी दिए ।

प्रतियोगिताको फाइनल खेल १२ गते हुने जनाइएको छ । नगर खेलकुद विकास समितिका अध्यक्ष हरि भुषालले विजेता टिमले नगद ७० हजार रुपैयाँ सहित मेडल र ट्रफि पाउने बताए । यस्तै द्वितिय पुरस्कार ३५ हजार रुपैयाँ, सेमिफाइन टिमबाट बाहिरिने दुवै टिमलाई १०/१० हजार रुपैयाँ नगद सहित ट्रफि र मेडल दिइने बताए । यस्तै खेलको म्यान अफदि म्याचलाई १० हजार रुपैयाँ, बेष्ट गोलकिपर, बेष्ट डिफेन्स, बेष्ट मिलफिल्ड, बेष्ट फरवार्डलाई  प्रत्येकलाई २ हजार ५ सय रुपैयाँ, सर्वाधिक गोलकर्तालाइ ४ हजार रुपैयाँ, सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ दिइने छ । यस्तै अनुशासित टिम, बेष्ट टिम म्यानेजर, नवप्रतिभाशाली खेलाडी प्रत्येकलाई १ हजार ५ सय रुपैयाँ नगद सहित ट्रफि र प्रमाणपत्र दिइने छ । खेलको अन्तिम तालिका २७ गते तयार गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस