पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको सुक्कुर जिल्लामा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा त्यसमा यात्रारत कम्तीमा १३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बिहीबार बिहानै भएको उक्त दुर्घटनामा अरु ३० जनाभन्दा बढी घाइते भएका छन् ।
पञ्जाब प्रान्तको मुल्तानबाट सिन्धको राजधानी कराँची शहरतर्फ गइरहेको बस दुर्घटनाग्रस्त भएको सुक्कुरका वरिष्ट प्रहरी अधिकृत इर्फान सामोले जानकारी दिए । उक्त दुर्घटनाका बारेमा अनुसन्धान जारी रहेको बताइए पनि घुमाउरो राजमार्गमा चालकले तिब्र गतिमा बस दौडाएको प्रत्यक्षदर्शीका भनाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले समाचार दिएका छन् ।
घाइतेहरूलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ ।रोहरी क्षेत्रको अस्पतालका प्रमुख पर्भेज अख्तरले छ जनाको घटनास्थलमै मृत्यु भएको र अन्यको अस्पतालमा उपचारका क्रममा ज्यान गएको जानकारी दिए ।अख्तरले ६ जनाको अवस्था निकै जटिल अवस्थामा रहेको बताउनुभयो । मृतक र घाइतेहरू सबै मुल्तानका रहेका छन् । (सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०६ जेठ २०७८, १४ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रामेछाप बस दुर्घटनाबारे गृहमन्त्रीले लिए उपचाररत घाइतेको अवस्थाबारे जानकारी
धादिङ बस दुर्घटना: मृत्यु हुनेको संख्या १९ पुग्यो, नौ जनाको पहिचान
धादिङ बस दुर्घटना : गृह मन्त्रालयद्वारा छानबिन समिति गठन
तामाकोसी बस दुर्घटनामा बेपत्ता भएका दुईमध्ये एक बालकको शव ७ दिनपछि भेटियो
रामेछाप बस दुर्घटना अपडेट : सात जनाको मृत्यु, बेहोस अवस्थामा चार जनालाई अस्पताल लगिँदै
धरानमा बस दुर्घटना हुँदा पाँचको मृत्यु, १३ जना घाइते