एजेन्सी । कोरोनाको हटस्पट बनेको भारतमा केही दिन यता कोरोना संक्रमितको संख्या केही ओरोलो लागेपनि मृतकको संख्या भने दिनप्रति दिन बढ्दै गएको छ । मंगलबार एकै दिन अहिलेसम्मकै धेरै जनाको कोभिड–१९ का कारण ज्यान गएको छ ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट ४ हजार ५२९ जनाको ज्यान गएको छ। महामारी सुरु भएयता भारतमा एकै दिन पहिलोपटक यति धेरैको मानिसको मृत्यु भएको हो ।
संक्रमितको संख्या भने केही कम देखिएको छ विगतका दिनको तुलनामा । पछिल्लो २४ घण्टामा भारतमा २ लाख ६७ हजार ३३४ जना नयाँ संक्रमित थपिएका छन् ।
भारतमा कुल संक्रमितको संख्या दुई करोड ५४ लाख ९६ हजार भन्दा बढि र मृत्यु हुनेको संख्या दुई लाख ८३ हजार २४८ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या ३२ लाख २६ हजार सात सय भन्दा धेरै छ । अहिलेसम्म भारतमा १८ करोड ५८ लाख ९ हजार भन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा एक मात्रा लगाएका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०५ जेठ २०७८, ११ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै
‘चाडपर्व छोडेर काम खोज्न भारत’