एजेन्सी । कोरोनाको हटस्पट बनेको भारतमा केही दिन यता कोरोना संक्रमितको संख्या केही ओरोलो लागेपनि मृतकको संख्या भने दिनप्रति दिन बढ्दै गएको छ । मंगलबार एकै दिन अहिलेसम्मकै धेरै जनाको कोभिड–१९ का कारण ज्यान गएको छ ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट ४ हजार ५२९ जनाको ज्यान गएको छ। महामारी सुरु भएयता भारतमा एकै दिन पहिलोपटक यति धेरैको मानिसको मृत्यु भएको हो ।
संक्रमितको संख्या भने केही कम देखिएको छ विगतका दिनको तुलनामा । पछिल्लो २४ घण्टामा भारतमा २ लाख ६७ हजार ३३४ जना नयाँ संक्रमित थपिएका छन् ।
भारतमा कुल संक्रमितको संख्या दुई करोड ५४ लाख ९६ हजार भन्दा बढि र मृत्यु हुनेको संख्या दुई लाख ८३ हजार २४८ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या ३२ लाख २६ हजार सात सय भन्दा धेरै छ । अहिलेसम्म भारतमा १८ करोड ५८ लाख ९ हजार भन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा एक मात्रा लगाएका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०५ जेठ २०७८, ११ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा