भुकम्पले लमजुङमा ७ घर भत्किए, तिनजना घाईते

सफल खबर संवाददाता

बुधबार, ०५ जेठ २०७८, ०७ : ५६
भुकम्पले लमजुङमा ७ घर भत्किए, तिनजना घाईते

काठमाडौं । लमजुङको भुलभुले केन्द्र भएर आज बिहान गएको भूकम्पका कारण लम्जुङमा सातवटा घर भत्केका छन् । भूकम्पले घर भत्किँदा चोट लागेर तीनजना गाउँले घाइते भएका छन ।

प्रहरीका अनुसार मस्र्याङदी गाउँपालिकाका ४० वर्षिया उमा गुरुङ र ८३ वर्षिया खवकुमारी पाण्डे घाइते भएकी छिन् । अर्काएकजना घाइतेको नाम खुलेको छैन ।

लम्जुङका डिएसपी गंगाबहादुर थापाका अनुसार अहिलेसम्म सातवटा घर भत्केका छन् । घाइतेको संख्या केही बढ्न सक्ने सम्भावना रहेको उनले बताए । उनका अनुसार भत्किएका सबै कच्ची घर हुन् ।

घाइतेलाई जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको उनले बताए । गाउँमा कच्ची घर भएकोले पनि भूकम्पले भत्किएर स्थानीय घाइते हुन पुगेको  उनले बताए ।

लम्जुङको भूलभूले, बाँझाखेत केन्द्रविन्दु रहेर (आज) बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५।८ म्याग्नीच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

त्यही भूकम्पमा परेर केन्द्रबीन्दु् आसपासका केही घरमा क्षति पुगेको लम्जुङ प्रहरीले बताएको छ । भूकम्पको धक्का लम्जुङ सहित आसपासका मनाङ, गोरखा, तनहुँ, कास्की, चितवन, नवलपरासी सम्म पुगेको थियो ।  

प्रतिक्रिया दिनुहोस