काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार २ सय ३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १ सय ९६ जनाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि सोमबार देशभर ९ हजार २४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो भने २१४ जनाको मृत्यु भएको थियो । मंगलबार भने पीसीआर विधिबाट २०२८६ र एन्टिजेन विधिबाट ६९३ जनाको स्वाब परीक्षण भएकोमा कुल ८२०३ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै देशभर कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ भने निको हुनेको संख्या ३ लाख ५२ हजार ४१४ रहेको छ । यसैगरी पछिल्लो २४ घण्टामा देशभर कोरोना निको हुनेको संख्या ६८९१ रहेको छ । यस्तै देशभर सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ पुगेको छ भने मृतकको कुल संख्या ५४११ पुगेको छ
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ जेठ २०७८, १७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै