महन्थ र उपेन्द्रबीचको सहमति क्षणभरमै चकनाचुर !

सफल खबर संवाददाता

मंगलबार, ०४ जेठ २०७८, १५ : ५१
महन्थ र उपेन्द्रबीचको सहमति क्षणभरमै चकनाचुर !

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच भएको सहमति क्षणभरमै चकनाचुर भएको छ । राजेन्द्र महतोको संसदीय दलको नेताको पद खारेज गर्ने सहमति महन्थ र उपेन्द्रले गरेका थिए ।

सहमति गरेको मसी सुक्न नपाउँदै   ठाकुरले संघीय संसद सचिवालयलाई पत्राचार गर्दै संसदीय दलको नेता राजेन्द्र महतो नै भएको बताएका छन् । उनले पार्टी संसदीय दलको नेता महतो रहेको जानकारी संघीय संसद सचिवालयलाई गराएका हुन् । 

प्रतिक्रिया दिनुहोस