दैलेख । दैलेखको दुल्लु नगरपालिका ३ स्थित कर्णाली राजमार्ग स्याँलामा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेको बा २० च ७१५ नम्बर जिपको ब्रेक फेल भै आज बिहान सडकबाट पाँच सय मिटर तल खस्दा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परि जुम्लाको गुठीचौर गाउँपालिका ४ का ३८ वर्षिय जिप चालक रामहरी न्यौपाने र सोही ठाउँकी २७ वर्षीया राज्यलक्ष्मी न्यौपानेको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ जेठ २०७८, ०९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा बस र ट्रक ठोक्किँदा १३ जना घाइते
गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु