काठमाडौं । त्रिभुवन विश्वविद्यालयले हाल स्थगित भएका विद्यार्थीको परीक्षा सङ्क्रमण सामान्य भएपछि एक महिनाको समय दिएर गरिने जनाएको छ ।
सङ्क्रमणले कति समय असर गर्छ भन्ने कुरा यकिन गर्न नसकिने भएकाले अवस्था सामान्य भएलगत्तैै परीक्षा लिने र त्यसको तयारी भइरहेको जनाइएको छ । सामाजिक दूरी कायम गरेर परीक्षा लिने विश्वविद्यालयको योजना छ ।
यसैबीच विश्वविद्यालयले स्नातकोत्तर तहमा अनलाइन माध्यमबाट विद्यार्थीको नयाँ भर्ना प्रक्रिया सुरु गरेको छ । यस क्रममा विज्ञान तथा शिक्षाशास्त्र सङ्कायले अनलाइनबाटै भर्नाको तयारी सुरु गरिसकेका हुन् ।
विज्ञान सङ्कायले जेठभरि फाराम भरेर असारमा प्रवेश परीक्षा सञ्चालन गर्ने भएको छ । मानविकी तथा व्यवस्थापनमा परीक्षाफल प्रकाशन हुन बाँकी रहेकाले भर्ना खुल्न सकेको छैन । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०४ जेठ २०७८, ०८ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कक्षा १२ को परीक्षामा ७३ वर्षीया छात्राको सहभागिता
हिरासतबाटै ६ अभियुक्तले दिए कक्षा १२ को परीक्षा
कक्षा १२ को परीक्षा आजदेखि, पाँच लाख बढी परीक्षार्थी सहभागी
कक्षा १२ को परीक्षा निर्धारित समयमा हुन्छ : बोर्ड
परीक्षा बोर्डले भन्यो- एसईई २०८२ को रजिस्ट्रेसन फारम भर्नुस्
कक्षा १२ को परीक्षा सर्यो