काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा पूर्वीमध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात ताउ–तेको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोही चक्रवातको प्रभावका कारण हिमाल आरोहण समेत प्रभावित बनेको छ ।
महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रहेको छ भने मंगलबार दिनभर देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । यस्तै पहाडी भूभाग तथा कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै उच्च हिमाली भूभागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात र वर्षाको सम्भावना छ । यसैगरी देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। यस्तै केही स्थानमा वर्षाको सम्भावना समेत रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ जेठ २०७८, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी क्षेत्रमा धेरै वर्षाको सम्भावना
आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना