जननेता मदन–आश्रितको नाममा स्वार्थको रोटी सेक्न बन्द गरौं : डा. बाबुराम भट्टराई

सफल खबर संवाददाता

सोमबार, ०३ जेठ २०७८, ११ : ५७
जननेता मदन–आश्रितको नाममा स्वार्थको रोटी सेक्न बन्द गरौं : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जननेता मदन भण्डारीको नाममा स्वार्थको रोटी सेक्न बन्द गर्नुपर्ने बताएका छन् ।

सामाजिक संजाल ट्वीटरमा २८ औं मदन–आश्रित स्मृति दिवसलाई लक्षित गदैं उनले मदन–आश्रितको नाममा स्वार्थको रोटी सेक्नेभन्दा उनीहरुको दुर्घटना अथवा हत्या के हो भन्ने रहस्य सुल्झाउन तर्फ ध्यान दिन उल्लेख गरेका छन् । 

उनले ट्वीट मार्फत यस्तो प्रतिक्रिया व्यक्त गरेका छन्–‘२०५० जेठ ३ गते दासढुंगामा रहस्यमय मृत्युवरण गर्नुभएका नेताहरू मदन–आश्रितप्रति हार्दिक श्रद्धा सुमन ’ उनले लेखेका छन्, ‘मदनपत्नी राष्ट्रपति र मदनको उत्तराधिकारी दावी गर्ने प्रम भएको बेला उच्चस्तरीय निष्पक्ष छानविन गरेर त्यो रहस्यको अन्तिम निर्क्योल गरौं।’ 

मदनपत्नी विद्यादेवी भण्डारी राष्ट्रपति भएको र उनका उत्तराधिकारी दाबी गर्ने केपी शर्मा ओली प्रधानमन्त्री भएको अवस्थामा उक्त रहस्य सुल्झाउनु पर्ने भट्टराईको भनाई छ । 

प्रतिक्रिया दिनुहोस