क्यान्सरसँग जुधिरहेकी भिकुमारीलाई आर्थिक सहयोग

सफल खबर संवाददाता

आइतबार, ०२ जेठ २०७८, १७ : ३६
क्यान्सरसँग जुधिरहेकी भिकुमारीलाई आर्थिक सहयोग

चितवन ।आर्थिक अभावका कारण समस्या भोग्दै आएकी भिमकुमारी सुनारको स्वास्थ्य  उपचारका लागि आर्थिक सहयोग गरिएको छ । पदमपुर विलिभर्स इष्र्टन चर्चको पहलमा ८९ हजार रुपैयाँ आर्थिक संकलन भएको थियो । चर्चका सम्पूर्ण विश्वासी, अगुवा, पास्टरसँगै  विलिभर्स इष्र्टन चर्च चितवन एरिया नं. १ का सम्पूर्ण पास्टर र स्थानीयवाट संकलन भएको रकम विरामीको आफन्तलाई आज एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।   

पदमपुर विलिभर्स चर्चका फादर इच्छा सुनुवार, कालिका नगरपालिका वडा नं. १ का वडा अध्यक्ष लिलावहादुर गुरुङले संयुक्त रुपमा संकलित रकम विरामीका आफन्तलाई हस्तान्तरण गरेका हुन । कालिका वडा नं. १ की भीमकुमारी सुनार २०७७ सालदेखि क्यान्सर पीडित भएकी छिन् ।

भक्तपुर क्यान्सर अस्पतालमा उनको उपचार भइरहेको छ । आर्थिक अभावका कारण उपचारमा समस्या आउन थालेपछि पदमपुर विलिभर्स इष्र्टन चर्चको पहलमा आर्थिक सहयोग संकलन गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस