माडीको बाटोमा मन्त्री पाण्डेको मनपरी, कामै नगरी यसरी पचाए पैसा !

शुक्रबार, १५ मंसिर २०७४, १० : १३
माडीको बाटोमा मन्त्री पाण्डेको मनपरी, कामै नगरी यसरी पचाए पैसा !

चितवन, १५ मंसिर l तपाई चितवनको माडी उपत्यका स्थित रिउखोला पुग्नुभयो भने त्यहाँ धुलाम्मे र क्षतविक्षत अवस्थाको सड्क भेटिन्छ । उक्त सड्क अहिलेका बहालवाला बनमन्त्री विक्रम पाण्डेको निर्माण कम्पनी ‘कालिका कन्स्ट्रक्सन’ ले निर्माण गरेको हो । गत साता माडी पुगेका हाँस्य कलाकार मनोज गजुरेलले ब्यंग्य गर्दै भनेका थिए, ‘यो स्वर्ग जाने बाटो होकी नर्क जाने ?’
दोस्रो संविधानसभाको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचीत भएका पाण्डेले विकास आयोजनाहरुमा जनतालाई उल्लु बनाएर राज्यकोषको चरम दुरुपयोग गरेको दृष्टान्त हो, माडीस्थित रिउखोला–रिमालखोला सड्क खण्ड । रिउखोला देखी रिमालखोला सम्मको १२ किलोमिटर सड्क मन्त्रि पाण्डेको कम्पनी कालिका कन्स्ट्रक्सनले निमार्ण गरेको दुई बर्ष पनि नपुग्दै पिच उप्किएको थियो, अहिले उक्त पिच सड्क ग्राभेल सड्कमा रुपान्तरण भैसकेको छ । निर्माण पुरा भएको तेस्रो बर्षमा अहिले उक्त सड्कका अधिकांश स्थानमा ‘ब्ल्याक टप’ देख्न मुस्किल पर्छ । यसरी बाटो पिच गर्ने नाममा जनतालाई उल्लु बनाएर भ्रष्टाचार गरेको उजुरी परेसगँै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको छ ।
कालिकाले ठेक्का लिएको उक्त सड्क खण्डको गर्दी क्षेत्रको पिच सवैभन्दा बढी उप्किएको मात्रे छैन, पिचको लम्बाई मुस्किलले तिन मिटर मात्रै छ । सरकारी मापदण्ड अनुसार कालोपत्रे सड्कको एक लेनका लागी कम्तीमा ३.५ मटिर चौडा हुनुपर्छ ।
सड्क खण्डको बनकट्ट, गर्दी, चिरौली लगायका क्षेत्रमा पनी पिचको नाम निशानै छैन । समग्रमा यो सड्क खण्ड ग्राभेल र धुले रोडमा रुपान्तरण भैसकेको छ, त्यो पनी पिच भएको तेस्रो बर्ष पनी पुरा नहुँदै !
गर्दी–बरुवा–चिरौली लगायतका क्षेत्रका स्थानियले बाटो बिग्रीएकोमा दुखेको पोख्दै हिँड्नै सास्ती परेको बताउँदै आएका छन् । विकास बजेटजत्ती ठेकेदारको पोल्टामा परेको र काम राम्रो नुहँदा जनताले दुःख पाएको उनिहरु बताउँछन् ।
जिल्ला विकास समितीले माडी क्षेत्रको २४ किलोमिटर सड्कलाई चार खण्डमा विभाजन गरी निर्माण कम्पनीलाई जिम्मा दिएको थियो । चार खण्डमध्ये दुई खण्ड १२ किलोमिटर कालिका कन्ट्रक्सनले निर्माणको जिम्मा पाएको थियो भने बाँकी दुई खण्ड अन्य दुईओटा निर्माण कम्पनीले निर्माण गरेका थिए ।
सड्क निर्माणको जिम्मा पाएका ठेकेदार पक्षले जिवीस र सड्क विभागलाई नाममात्रैको काम गरेर सड्क हस्तान्तरण गरेका थिए । सड्क हस्तान्तरण गरेलगत्तै पिच भत्किन शुरु भएपनी हालसम्म मर्मत हुन सकेको छैन् ।
पाण्डे अध्यक्ष रहेको कालिका कन्स्ट्रक्सनले माडीको रिउको पुलदेखी झण्डै दुई सय मिटर सड्क पिच नै गरेको छैन । तर, पाण्डले पिच नै नगरेको सड्कलाई पनी १२ किलोमिटर भित्र नै हालेर सरकारबाट पैसा लिएर पचाएका थिए । उनले चिरौली खोलामा निर्माण गर्ने भनिएको पुल निर्माण नै नगरिकन जिल्ला विकास समिती र सड्क विभागका अधिकारीलाई मिलाएर बाटो जिम्मा लगाएका थिए ।
मन्त्री पाण्डेले बाटोको ठेक्का लिएर राम्रो काम नगरी पैसा पचाउनको काम चितवनमा मात्रे हैन देशभरी त्यसै गर्दै आएका छन् ।
पाण्डेले ठेक्का लिएको माडीको बाटो ग्रामिण पुनर्निमाण तथा पुनस्र्थापना क्षेत्रगत विकास कार्यक्रम अन्तर्गत एशियाली विकास बैकको सहयोगमा ४ करोड २५ लाखमा ठेक्का संझौता भएको थियो ।
यसरी करोडौं पचाएर कमसल पिच गरको उजुरी परेसँगै विगत एक बर्षदेखी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिका कन्स्ट्रक्सन माथी छानविन गरिरहेको छ । जिल्ला विकास समिती चितवनले दिएको जानकारी अनुसार गतबर्षको भदौ महिनामा जिल्ला प्राविधिक कार्यालयबाट सड्क निर्माण प्रक्रियाको सवै सक्कल कपी सहितको फाइृल अख्तियार मुख्यालय टंगालले मगाएर अनुसन्धान गरिहेको छ ।
जिवीसको रेकर्ड अनुसार गत भदौ १५ गते चलानी नम्बर ४५८ को पत्र अख्तियारको कोठा नम्बर ४११ मा पठाईएको छ । अख्तियारको ४११ नम्बर कोठामा इजाजत छानविन ईकाइ छ ।
अख्तियार स्रोतका अनुसार सड्क निर्माणमा अनियमितता गरेको ठहर गर्दै मन्त्रि पाण्डेमाथी मुद्धा चलाउने तयारी भईरहेको छ ।


संसद विकास कोषको पैसा आफ्नै कन्स्ट्रक्सनलाई !

२०७० सालमा चितवन–५ बाट दोस्रो संविधानसभा सदस्यको चुनाव जितेका पाण्डले सांसद विकास कोषको रकम पनी चरम दुरुपयोग गरेका थिए । सांसद विकास कोष मार्फत आउने ३ करोड ५० लाख रकमबाट पुँजिगत निर्माणमा लगाउने रकम आफ्नै कालिका कन्स्ट्रक्सन प्रालिलाई उपलब्ध गराउँदै आएका थिए ।
स्थानिय उपभोक्ता समितीका अध्यक्ष र पदाधिकारीहरुसँग साँठगाँठ गरी पाण्डेले आफ्नै निर्माण कम्पनी मार्फत सांसद विकास कोषको पैसाले आफ्नै खल्ति भरेको माडीका युवा नेता रामप्रसाद न्यौपानेले बताए । यसरी संसद विकास कोषको रकम समेत आफ्नै खल्तिमा हाल्न पल्केका पाण्डे मंसिर २१ गते हुने निर्वाचनमा प्रतिनिधीसभातर्फ चितवन–३ बाट चुनाव लडेका छन् ।

प्रतिक्रिया दिनुहोस