दक्षिण अफ्रिकाद्वारा मोर्कलको सुखद् विदाइ

मंगलबार, २० चैत्र २०७४, १७ : १९
दक्षिण अफ्रिकाद्वारा मोर्कलको सुखद् विदाइ

एजेन्सी । दक्षिण अफ्रीकाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका बलर मोर्ने मोर्कलको सुखद विदाई गरेको छ । अष्ट्रेलियाविरुद्धको चार खेलको टेष्ट सिरिजमा ३ – १ को जित हात पार्दै दक्षिण अफ्रीकाले मोर्कलको सुखद विदाई गरेको हो ।

तीब्र गतिका ३३ बर्षीय बलर मोर्कलले अष्ट्रेलियाविरुद्धको सिरिज सुरु हुनुअघि नै सन्यासको घोषणा गरेका थिए । र, मोर्कलले दक्षिण अफ्रीकाको प्रोटिज जर्सीमा अष्ट्रेलियाविरुद्धको चौथो तथा अन्तिम टेष्ट क्रिकेट खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट विश्राम लिएका हुन् ।
जोहानेसवर्गमा मंगलबार सकिएको अन्तिम टेष्टमा मोर्कलले अष्ट्रेलियाका तीन ब्याट्सम्यानलाई पेभेलियन फर्काएका थिए । चौथो टेष्टको जितपछि क्रिकेट दक्षिण अफ्रीकाले मोर्कललाई बिशेष सम्मान गर्दै विदाई गरेको थियो ।

प्रोटिज जर्सीमा अन्तिम खेल खेलेपछि मोर्कलले दक्षिण अफ्रीकाको टिमलाई सधै सम्झिरहने बताए । अग्ला कदका कारण बलिङमा छुट्टै छाप बसाएका मोर्कलले भने, ूम तिनीहरूलाई धेरै याद गरिरहने छु । यो केटाहरुको एक विशेष समूह हो र तिनीहरु मेरा भाइहरू हुन् । म यस वातावरणलाई सम्झिरहन चाहन्छु।ू

सन् २००६ मा भारतविरुद्धको टेष्ट खेल्दै दक्षिण अफ्रीकाको टिममा डेब्यु गरेका मोर्कलले ८६ टेष्ट क्रिकेट खेलेका थिए । जसमा मोर्कलले ३०९ विकेट लिएका छन् ।

मोर्कलले ११७ एकदिवसीय क्रिकेट खेलमा  १८८ विकेट  र ४४ टि – ट्वान्टी अन्तर्राष्ट्रियमा ४७ विकेट लिएका थिए ।  सबैखाले फर्म्याटमा २४६ खेल खेलेका मोर्कलले ५४१ विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस