२४ घण्टामा ८ हजार १ सय ६७ संक्रमित थपिए, १ सय ८७ जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, ०१ जेठ २०७८, १७ : ४२
२४ घण्टामा ८ हजार १ सय ६७ संक्रमित थपिए, १ सय ८७ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा ८ हजार १ सय ६७ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार  कोरोना संक्रमणबाट देशभर १८७ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ८ सय ५६ पुगेको छ।

गत चौबीस घन्टामा १७ हजार ९ सय ७१ पीसीआर तथा ५ सय ७७ एन्टिजेन परीक्षण भएको छ।

शनिबार ५ हजार ४ सय ५५ संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिसचार्ज हुनेको संख्या ३ लाख ३३ हजार १०८ पुगेको छ।