कास्की । गण्डकी प्रदेशमा शनिबार एकैदिन ७ सय ७० जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा म्याग्दीमा मात्र सर्वाधिक २३० संक्रमित थपिएका छन् । कास्कीमा १६८ र नवलपरासी पूर्वमा १४७ जनामा भाइरस पुष्टि भएको छ । सोही अवधीमा १४ जनाको मृत्यु भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी कास्कीका छन् । पछिल्लो २४ घन्टामा गण्डकीमा मृत्यु भएकामध्ये कास्कीका ६ जना, पर्वत ३, स्याङ्जा २, म्याग्दी, तनहुँ र गोरखाका १-१ जना छन् ।
निर्देशनालय प्रमुख डा. विनोदविन्दु शर्माका अनुसा १२ जनाको पोखरामै उपचारका क्रममा, १ जनाको गोरखामा र १ जनाको होइम आइसोलेसनमा मृत्यु भएको हो । मृत्यु हुनेमा २२ देखि ७८ वर्ष उमेरका छन् ।
योसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ५५ पुगेको छ । शुक्रबार हालसम्मकै धेरै २३ जना संक्रमितको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ जेठ २०७८, १६ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै