निषेधाज्ञालाई अवज्ञा गर्न थालेपछि चन्द्रागिरी नगरपालिका सिल

सफल खबर संवाददाता

शनिबार, ०१ जेठ २०७८, १० : ४७
निषेधाज्ञालाई अवज्ञा गर्न थालेपछि चन्द्रागिरी नगरपालिका सिल

काठमाडौं । कोरोना भाइरस तीव्ररूपमा बढिरहेको भन्दै  चन्द्रागिरी नगरपालिका सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञालाई पनि सर्वसाधारणले अवज्ञा गर्न थालेपछि काठमाडौंको चन्द्रागिरी नगरपालिका सिल गरिएको हो ।

नगरपालिकाले शुक्रबार साँझ अत्यन्त जरुरी सूचनामार्फत् आजदेखि सबै सरकारी तथा निजी कार्यालय,बैंक तथा वित्तीय संस्थाका सेवासमेत सम्पूर्ण रुपमा बन्द गरि नगर क्षेत्रलाई सिल गरेको जनाएको छ ।

नगरपालिकाका मेयर घनश्याम गिरीले निषेधाज्ञामा पनि बैंक तथा सरकारी कार्यालयहरू खुल्ने र सर्वसाधारणको आवतजावत नरोकिएपछि सिल गरिएको जनाएका छन् । एन्टीजेन परिक्षणका क्रममा अधिकांश व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि नगरपालिकाले आकस्मिक रुपमा यस्तो निर्णय गरेको हो ।

अब चन्द्रागिरि नगर क्षेत्रमा आज जेठ १ गतेदेखि जेठ ७ गते विहान ५ बजेसम्म घर बाहिर हिँडडुल गर्न पूर्ण रुपमा रोक लगाएको छ । औषधि पसल र स्वास्थ्य संस्थाका अत्यावश्यक सेवा बाहकेका सबै खाद्यान्न,किराना,मासु पसल,फलफूल तथा तरकारी लगायत सबै सेवा बन्द गरिएका छन् ।