भारतमा कोभिड–१९ बाट दैनिक सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या बढी

एजेन्सी

शुक्रबार, ३१ बैशाख २०७८, २१ : २९
भारतमा कोभिड–१९ बाट दैनिक सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या बढी

काठमाडौं । भारतमा कोभिड–१९ बाट दैनिक सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या भन्दा निको हुनेको सङ्ख्या बढी भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी गराएको छ । 

मुलुकभरी कोभिड–१९ बाट दैनिक थप सङ्क्रमित हुनेको सङ्ख्या शुक्रबार तेस्रो दिन पनि सङ्क्रमित सङ्ख्याभन्दा बढी देखिएको हो । शुक्रबार तीन करोड ४४ हजारभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । 

विगत चारयता सङ्क्रमितको सङ्ख्या लगातार निको हुनेकोभन्दा कम आउनुले सङ्क्रमण दर कम हुँदै जाने विश्वास स्वास्थ्य विज्ञहरूले लिएका छन् । दश राज्यमा निको हुनेको सङ्ख्या ७१.१६ प्रतिशत रहेको मन्त्रालयले देखाएको छ । 

भारतमा हालसम्म सङ्क्रमित हुनेको सङ्ख्या दुई करोड ४० लाखभन्दा बढी पुगेको छ भने अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ३७ लाख रहेको छ । यो अघिल्लो हप्ताभन्दा करिब १५ प्रतिशतले कमी हो ।

प्रतिक्रिया दिनुहोस