काठमाडौं । रोल्पामा एकैदिन दुईजना कोरना सङ्क्रमितको मृत्यु भएको छ । माडी गाउपालिका ५ भावाङ मजबाङ निवासीे ४३ वर्षीय पुरुषको मृत्यु भएको हो ।
रोल्पा अस्पतालको कोभिड आइसोलेशनमा उपचार क्रममा मृत्यु भएको.रोल्पा अस्पतालका मेडिकल अधिकृत डा आधार वलीले बताए । ज्वरो, खोकी र स्वासप्रस्वासमा समस्या भएपछि उनी वैशाख २६ गते अस्पताल भर्ना भएका थिए ।
त्यसैगरी सुनिल स्मृति गाउपालिका –ं ४ धनचौर निवासी ५५ वर्षीय अर्का पुरुषको पनि आज मृत्यु भएको छ । रोल्पामा कोरोना सङ्क्रमणबाट अहिलेसम्म चार जनाको मृत्यु भैसकेको छ । हालसम्म रोल्पामा १८ जना निको भएर घर फर्किसकेका छन् भने ३७७ जना सङ्क्रमित रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ३१ बैशाख २०७८, १९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छतबाट पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
भीरबाट लडेर दुई जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु