काठमाडौं । रोल्पामा एकैदिन दुईजना कोरना सङ्क्रमितको मृत्यु भएको छ । माडी गाउपालिका ५ भावाङ मजबाङ निवासीे ४३ वर्षीय पुरुषको मृत्यु भएको हो ।
रोल्पा अस्पतालको कोभिड आइसोलेशनमा उपचार क्रममा मृत्यु भएको.रोल्पा अस्पतालका मेडिकल अधिकृत डा आधार वलीले बताए । ज्वरो, खोकी र स्वासप्रस्वासमा समस्या भएपछि उनी वैशाख २६ गते अस्पताल भर्ना भएका थिए ।
त्यसैगरी सुनिल स्मृति गाउपालिका –ं ४ धनचौर निवासी ५५ वर्षीय अर्का पुरुषको पनि आज मृत्यु भएको छ । रोल्पामा कोरोना सङ्क्रमणबाट अहिलेसम्म चार जनाको मृत्यु भैसकेको छ । हालसम्म रोल्पामा १८ जना निको भएर घर फर्किसकेका छन् भने ३७७ जना सङ्क्रमित रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ३१ बैशाख २०७८, १९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु