महन्थ ठाकुर पक्षले बनायो राजेन्द्र महतोलाई संसदीय दलको नेता

सफल खबर संवाददाता

शुक्रबार, ३१ बैशाख २०७८, १८ : ३१
महन्थ ठाकुर पक्षले बनायो राजेन्द्र महतोलाई संसदीय दलको नेता

जनकपुरधाम । जनता समाजवादी पार्टी महन्थ ठाकुर पक्षले संसदीय दलका नेतामा राजेन्द्र महतोलाई चयन गरेको छ । बहुमतको आधारमा महतोलाई दलको नेता चयन गरेको महन्थ ठाकुर पक्षका एक नेताले बताए ।

ती नेताका अनुसार २० जना सांसदको उपस्थितिमा महतोलाई संसदीय दलको नेता बनाइएको हो । राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाएको विषयमा उपेन्द्र यादव पक्षलाई थाहा छैन । 
 

प्रतिक्रिया दिनुहोस