सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–१३ का वडाध्यक्ष जयनारायण यादव पक्राउ परेका छन् । वैशाख २५ गते वडाध्यक्ष यादवले चलाएको भारतीय नम्बर प्लेटको मोटरसाइकलले एक बालकलाई ठक्कर दिएर ज्यान गएको थियो ।
त्यसलगत्तै फरार वडाध्यक्ष यादव बिहीबार पक्राउ परेका इलाका प्रहरी कार्यालय बरथवाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताए । बरथवा नगरपालिका–३ अन्तर्गतको भित्री सडकखण्डमा वडाध्यक्ष यादवले चलाएको बिआर३०एस ९२४५ नंको भारतीय मोटरसाइकलले स्थानीय अन्दाजी चार वर्षीय आदित्य महतोलाई ठक्कर दिएको र उनको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक भाटले बताए ।
पक्राउ परेका वडाध्यक्ष यादवलाई जिल्ला अदालत सर्लाहीबाट छ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ३१ बैशाख २०७८, ०८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ जना घाइते
पर्वतमा जीप दुर्घटना, एकको मृत्यु, दुईजना घाइते
मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु
चितवनमा बस र माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु, १८ जना घाइते
पाल्पामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु