काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले विपक्षी दलहरुलाई आव्हान गरेको बहुमतको सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदैछ ।
राष्ट्रपति भण्डारीले दिएको समयसिमा भित्र विपक्षी दलहरुले आज राति ९ बजे भित्र दुई वा दुई भन्दा बढी दलहरु मिलेर बहुमतको सरकार बनाउने दाबी पेश गर्नुपर्ने हुन्छ । तर बुधबार (हिजो) सम्म विपक्षी दलहरुले यसको तारतम्य मिलाउन खोजेपनि खासै उपलब्धी हासिल गर्न सकेनन् । सोविपक्षी दल नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्ष आज बहुमत पुर्याएर नयाँ सरकारका लागि राष्ट्रपतिसामू दाबी पेश गर्ने तयारीमा लागेका छन् ।
यसका लागि काँग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव, एमालेका नेता माधव नेपाल लगायतसँग संवाद जारी राखेको छ। काँग्रेस, जसपा र एमालेको नेपाल पक्षभित्र यस विषयमा आन्तरिक छलफल पनि जारी छ । तर जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो यो गठबन्धनलाई बहुमत पुग्न नदिने रणनीतिमा लागेपछि राष्ट्रपतिले आव्हान गरेबमोजिम संविधानको धारा ७६ (२) को सरकार बन्न नसक्ने हो कि अड्कलबाजी हुन थालेको छ ।
जसपा का संघिय परिषद अध्यक्ष बाबुराम भट्टराईले पार्टीको एकीकृत नीति बनाउन छलफलमा जुटेका छन् । यता नेपाल पक्ष पनि सांसद पदबाट राजीनामा दिने अन्तिम तयारीमा छ । जसपाको ठाकुर महतो पक्षलाई नयाँ सरकार निर्माणमा सहमत गराउन नसके नेपाल पक्षको राजीनामाको सहारामा बहुमत पुर्याउने विपक्षीको रणनीति देखिन्छ । बिहीबार राति ९ बजेसम्म वैकल्पिक गठबन्धन सरकारको दाबी नपुगे राष्ट्रपति भण्डारीले संसदको ठूलो दलको हैसियतले संविधानको धारा ७६ (३) अनुसार केपी ओलीलाई नै अल्पमतको प्रधानमन्त्री नियुक्ति गर्नेछिन् ।
देउवाकै नेतृत्वमा बहुमत पुर्याउन बिहीबार साँझसम्म प्रयत्न गरिने काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए । तर ओलीले फेरि पनि ३० दिन भित्र विश्वासको मत लिनुपर्छ । विपक्षीको अहिले अहिलेसम्मको स्थितिलाई हेर्दा ओलीको पक्षमा विश्वासको मत पुग्ने देखिंदैन । संसदमा कसैको पनि बहुमत नपुग्ने स्थिति आएमा संसद विघटन गरी देश पुनः चुनावमा धकेलिने नेताहरु बताउँछन् ।
नेताहरुले छलफल सकारात्मक ढंगले नै अगाडि बढिरहेको छ । अन्तिम बेलासम्म जे पनि हुन सक्छ । ‘हामीले विभिन्न माध्यमबाट सबै पक्षसँग कुराकानी गरिरहेका छौं ।’–एक नेताले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० बैशाख २०७८, ०९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार हुँदै
मधेशमा नयाँ सरकार गठनका लागि आह्वान
मधेशमा नयाँ सरकारका लागि दाबी पेश
बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आव्हान