गलकोट । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–५ मा मङ्गलबार साँझ ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । बुर्तिबाङबाट ढोरपाटनतर्फ जाँदै गरेको ध१ज ५२८ नंको ट्याक्सी ढोरपाटन नगरपालिका–५ प्याङखोलास्थित घुम्तीमा दुर्घटना भएको हो ।
ट्याक्सी दुर्घटना हुँदा चालक ३५ वर्षीय ढालबहादुर थापा र ढोरपाटन नगरपालिका–५ का ४० वर्षीय जोकबहादुर विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका इन्चार्ज प्रहरी निरीक्षक जयराम वन्तले बताए । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।
दुर्घटनामा सोही स्थानकी ३८ वर्षीय रतिकला विक घाइते भएको वन्तको भनाइ छ । घाइते विकलाई उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २९ बैशाख २०७८, ०९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कपिलवस्तुमा ट्रक र कार ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते
ट्रकमा स्कार्पियो ठोक्किँदा २ जनाको मृत्यु, ३ घाइते
सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा भारतीय युवकको मृत्यु
कैलालीमा जिप र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु
तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत