भाजपा नेताले भने– भारतको रोजाइ ओली हुन्

सफल खबर संवाददाता

मंगलबार, २८ बैशाख २०७८, १७ : ४२
भाजपा नेताले भने– भारतको रोजाइ ओली हुन्

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का नेता सुब्रमन्यम स्वामीले नेपालको प्रधानमन्त्रीमा भारतले केपी शर्मा ओलीलाई नै चाहेको आसय व्यक्त गरेका छन् । उनले नेपालमा भारतको रोजाइ केपी शर्मा ओली भएको बताए । 

उनले ट्वीटमा प्रचण्ड प्रधानमन्त्री भएको खण्डमा चीनले जित्ने बताएका छन् । नेपालमा नयाँ सरकार गठनको तयारी भइरहँदा भाजपका प्रभावशाली नेताबाट यस्तो अभिव्यक्ति आउनुलाई चासोको रुपमा हेरिएको छ ।  उनले भनेका छन्, ‘नेपालबारे मेरो जानकारीमा भएसम्म ओली भारतको रोजाइ थिए । प्रचण्ड प्रधानमन्त्री भएमा चीनले जित्नेछ ।’ पूर्वमन्त्रीसमेत रहेका स्वामीले ओलीको पक्षमा बोल्दा नेपालमा नेतावृत्तमा तरङ्ग छाएको छ । 

प्रतिक्रिया दिनुहोस