गोरुको मासु बेचबिखन गरेको अभियोगमा २ जना पक्राउ

सफल खबर संवाददाता

मंगलबार, २८ बैशाख २०७८, १२ : २३
गोरुको मासु बेचबिखन गरेको अभियोगमा २ जना पक्राउ

झापा । गोरुको मासु बेचबिखन गरेको अभियोगमा बिर्तामोड नगरपालिका-५ डेरा गरी बस्ने भारत घर भएका २५ वर्षीय महमद नसिम आलम र १८ वर्षीय किशोरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले कोठाभित्र गोरुको मासु बेचबिखन गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरुलाई मासु काटी रहेको अवस्थामा १५ किलो ५ सय ग्राम गोरुको मासु सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस