‘समृद्ध नेपाल, सुखी नेपाली, क्याबात् प्रधानमन्त्री ओली’

सफल खबर संवाददाता

सोमबार, २७ बैशाख २०७८, ०८ : ५७
‘समृद्ध नेपाल, सुखी नेपाली, क्याबात् प्रधानमन्त्री ओली’

काठमाडौं । लेखक एवं साहित्कार खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीमा माथि कोरोना कहरमा उनको कार्यशैली प्रति कटाक्ष गर्दै व्यगांत्मक कविता माफर्त ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारा प्रति रोष प्रकट गरेका छन् ।

उनले देशमा भईरहेको ‘अभावैअभाव’ मा केन्द्रित रहेर समस्याहरु औंल्याएका छन् ।  उनले कविता मार्फत महमारीमा खोप अभाव, चिकित्सक अभाव, अक्सिजन अभाव, भेन्टिलेटर अभाव, आईसिइु अभाव भएपनि प्रधानमन्त्री ओली आफ्नै सुरमा व्यस्त भएको आरोप लगाएका छन् ।

उनले देशमा सिर्जित समस्या देखाउदैं भनेका छन्, असारमा मल अभाव, विउविजन अभावसंगै सिंचाईको अभाव, बैशाखमा पाठ्यपुस्तक अभाव, शिक्षकको अभाव, त्यस्तै अगाडी थपेका छन् शासकमा नैतिकता अभाव, स्वभिमान अभाव, इमान अभाव, सिद्धान्त अभाव, विवेक र लज्जा अभाव समेत औल्याएका छन् ।

सयौं कृति प्रकाशित गरेका संग्रौला कवितामा अगाड थप्छन्–‘देशमा देशभकत अभाव, स्वदेशी नेता अभाव, स्वदेशी अभाव, वाह रे वाह समृद्ध नेपाली सुखी नेपाल, क्याबात् प्रधानमन्त्री ओली ।’ नेपालीहरु अभावै अभावका बिच जिन्दगी कटाईरहेपनि सत्तामा बसेकाहरु आ–आफ्नो कुर्सीको लागि गरिरहेको खिचातानी प्रति उनले कोरेका यि कविताले धेरैको ध्यान आकृष्ट गर्न सफल भएको छ ।
 

प्रतिक्रिया दिनुहोस