आजको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

सोमबार, २७ बैशाख २०७८, ०८ : ३६
आजको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार देशभरको मौसम सामान्यदेखि पूर्ण बदली हुने जनाएको छ । पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण–पूर्व भू–भाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभावका कारण मौसम बदली भएको हो ।

अहिले देशका अधिकांश भू–भागहरुमा सामान्य बदली रहेको छ । प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिमका भू–भागका थोरै स्थानमा मेघ गर्जनसहित वर्षा भई रहेको छ । सोमबार दिउँसो देशको पहाडि भू–भागमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा सामान्य बदली रहने छ ।

देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । यस्तै राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली भई एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस