काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सोमबार १ बजे बस्दैछ ।
सो बैठकका लागि सम्भावित कार्यसूची समेत सार्वजनिक भएको छ । संघीय संसद सचिवालयका अनुसार बैठकको सुरुवात गर्दै सभामुख अग्नि सापकोटाले राष्ट्रपति विद्या भण्डारबिाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् ।
त्यसपछि सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम १ बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने कार्यतालिका तय भएको छ । सोही दिन अर्को पनि बैठक बस्नेछ र अविश्वास प्रस्तावको छिनोफानो हुने बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ बैशाख २०७८, २० : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्को कार्यसूचीबाट हटाइयो भूमि विधेयक
प्रतिनिधिसभा बैठकमा आज पनि रास्वपाको अवरोध
डोलप्रसाद र रामहरिबीच संसदमा चर्काचर्की
प्रतिनिधिसभामा रास्वपा र राप्रपाको अवरोध
शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक सर्यो
भिजिट भिसा प्रकरणमा अविलम्ब छानबिन समिति गठन गर्न माओवादीको माग