कस्तो रहला आजको मौसम ?

सफल खबर संवाददाता

आइतबार, २६ बैशाख २०७८, ०७ : ५६
कस्तो रहला आजको मौसम ?

काठमाडौं । आइतबार प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै देशका केही स्थानहरुमा मेघगर्जन र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाको पूर्वानुमान छ । 

यस्तै आइतबार राति पनि  प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने छ । साथै उक्त प्रदेशका केही स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना पनि रहेको छ।

देशका हाल  मौसममा पश्चिमी न्यून चापीय प्रणाली, पूर्व–पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभाव रहेको छ।
 

प्रतिक्रिया दिनुहोस