प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार र स्वकीय सचिवलाई पुनः सङ्क्रमण

रासस

शनिबार, २५ बैशाख २०७८, १९ : ४६
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार र स्वकीय सचिवलाई पुनः सङ्क्रमण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्रप्रसाद भण्डारीलाई पुनः कोभिड–१९ सङ्क्रमण देखिएको छ ।

 पिसिआर परीक्षणका क्रममा आफूहरुसहित स्वकीय उपसचिव रुपेश आचार्यलाई पनि सङ्क्रमण देखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जानकारी दिनुभयो । 
यसअघि पनि थापा र भण्डारीलाई सङ्क्रमण देखिएको थियो ।

शुक्रबार प्रधानमन्त्रीसहित उहाँका स्वकीय र  निजी सचिवालय तथा सुरक्षा निकाय र चालक दलका सयभन्दा बढीको पिसिआर परीक्षण गरिएको थियो । 
परीक्षणका क्रममा प्रधानमन्त्री ओलीलाई भने सङ्क्रमण नदेखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले जानकारी दिनुभयो  । 

प्रतिक्रिया दिनुहोस