अक्सिजनको सहज उपलब्धता गराइदिन चिकित्सक संघको माग

सफल खबर संवाददाता

शनिबार, २५ बैशाख २०७८, १७ : ०४
अक्सिजनको सहज उपलब्धता गराइदिन चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले कोभिड–१९ को उपचारमा खटिएका अस्पतालहरुलाई अक्सिजनको सहज उपलब्धता गराई अक्सिजन र अक्सिजन सिलिण्डर अभाव नहुने अवस्थाकोे सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।

‘हाल कोभिड–१९ महामारीको उपचारमा संलग्न रहेका विभिन्न अस्पतालहरुले अक्सिजनको अभाव भई नयाँ बिरामी भर्ना गर्न नसकिएको, बिरामीलाई आफैले अक्सिजन व्यवस्था गर्नु पर्ने र अक्सिजनको अभाबका कारण बिरामीहरुलाइ बेडबाट खाली गर्नु पर्ने अवस्था आएको भनि  सूचना प्रेषित गरेकोमा नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ ।

यस गम्भीर अवस्थामा उपचारमा खटिएका अस्पतालहरुलाई अक्सिजनको सहज उपलब्धता गराई अक्सिजन र अक्सिजन सिलिण्डर अभाव नहुने अवस्थाकोे सुनिश्चित गर्न नेपाल चिकित्सक संघ नेपाल सरकारसंग जोडदार माग गर्दछ’, संघले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस