नयाँ दिल्ली । भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा शनिबार एउटा खानीमा भएको विस्फोटमा कम्तीमा १० जना मजदूरको ज्यान गएको छ । अधिकारीहरुका अनुसार आन्ध्र प्रदेशको मुख्य शहर अमरावतीबाट करिब २८१ किलोमिटर दक्षिणपश्चिमको मामिलापाल्ले गाउँमा रहेको चुन खानीमा उक्त विस्फोट भएको थियो ।
खानी भित्र त्रुटिबस एउटा डेटोनेटर पड्काउँदा विस्फोट भएको र त्यहाँ कार्यरत मजदूूरका शरीर क्षतविक्षत भएर हावामै उडेको प्रत्यक्षदर्शीले बताएका छन् ।
उक्त दुर्घटनामा अझै दश जना हराइरहेको बताइएको छ भने मृतक पाँच जनाको पहिचान खुलेको छ ।
दुर्घटना लगत्तै प्रहरी र स्थानीय बासीहरु खानीका मजदूरको खोज तथा उद्धारका लागि परिचालन भएको स्थानीय अधिकारीहरुले बताएका छन् । (सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २५ बैशाख २०७८, १५ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाजुरामा विस्फोट हुँदा एक महिलाको मृत्यु
पाकिस्तानको लाहोरमा लगातार तीनवटा विस्फोट
इजरायलको तेल अभिभमा तीन वटा बसमा विस्फोट
ताइवानको डिपार्टमेन्टल स्टोरमा विस्फोट : एक जनाको मृत्यु, १० जना घाइते
अफगानिस्तानमा आत्मघाती बम विस्फोट, पाँच जनाको मृत्यु
पाकिस्तानको कराँची विमानस्थलनजिकै विस्फोट, दुई चिनियाँ नागरिकको मृत्यु